भगवान् सर्वव्यापी छन् भन्ने कुरामा त्यत्तिकै सत्यता छ जति सूर्यको अस्तित्व हुनुमा छ। मानिसको प्रत्येक गतिविधिमा ईश्वरको दृष्टि रहन्छ। जब अन्याय र अत्याचारले सीमा पार गर्छ र साँचो सहायताको आवश्यकता भुक्तभोगीहरूलाई हुन्छ तब कुनै न कुनै रूपमा ईश्वरको सहायता अवश्य पुग्छ। त्यो संयोगै थियो, मात्र संयोग। तर त्यस प्रकारको संयोग मिलाउनमा कसको हात थियो? अवश्य नै उही अदृश्य शक्तिको। जुन रात एउटा छद्म घरबाट निस्केर रागेभीरतिर लागेथ्यो, त्यसै रात संयोगवश मोटे कार्की रागेभीरको छेउनेरको आफ्नो खेतमा पानी लाउन भनेर गएको थियो। हावाको एउटा वेगले उसको राँको निभायोs: कुलाको मधुर कुलुलु सुन्दै एउटा गराको आलीमा ऊ टुक्रुक्क बसेको थियो। उसको दृष्टि निकै पर बगिरहेको एउटा सेतो आकृतिमाथि पर्न गयो। के आश्चर्य यो रातबीच के हो यो? झन् वर झन् वर, लौ त्यो त कार्कीतिरै आइरहेछ भूत अवश्य भूत होला। सायद रागेभीरको बुढेनी हुन् क्यार? कार्की झस्क्यो। आफैंतिर लम्किरहेकी बुढेनीबाट पीर छुटाउन ऊ बिस्तारै दुईतीन गरा तल झरेर आलीमा उभियो। भाग्ने विचार नै गरिरहेथ्यो कि उसको हृदयमा साहसको सञ्चार भयो र साथै कुतूहल पनि। विचार आयो, बुढेनीलाई नजिकैबाट हेर्न पर्योs: जे त होला, दिन सकिएछ भने मरिएला। रुने पो को छन् र मेरा? ऊ टुक्रुक्क बस्यो। त्यो आकृति निकै नजिक आइपुग्यो, मनले सन्देह गर्यो, यो त कुनै आइमाईजस्तो पो छ ऊ र त्यस आकृतिमा तीन गराको मात्र फरक थियो। तर के आश्चर्य त्यो त झुमा हो, यस मध्यरातमा, यो यहाँ किन? झुमा रागेभीरतिर अगि बढी। कार्कीलाई कुरा बुझ्न बेर लागेन। ऊ झुमाले चाल नपाउने गरी पछि लाग्यो। आफ्नो समस्त शरीरलाई रागेभीरबाट खसाउनै आँटेको बेलामा कुनै अज्ञात शक्तिले पछाडिबाट रोक्ता झुमा सपनाबाट बिउँझेझैं भई। मरिसकेका चेतनाहरू फर्केर आए। शङ्का र भयको माझबाट ऊ पछाडि फर्की, देखी -- अगाडि कार्की मुसुमुसु हाँसिरहेछ। मुखबाट निस्क्यो -- ओ कार्की दाज्यू तिमी यहाँ यस बेला किन आयौ? म त पानी लाउन आएको कान्छी खेतमा। बरु तिमी पो यो रातिबीच किन आयौ? म पैला भन, मलाई किन समात्यौ? मर्न दिनु थियो नि मलाई। उँ मर्न पनि नपाउनु, के यस्तो पिरलो नि भन्दाभन्दै रिंगटा लाग्यो, ऊ थ्याच्च बसी। कार्की पनि छेउमा बस्तै भन्यो -- दिन नसकीकन मर्छु भनेर काँ पाइन्छ र नि त्यसै? तिम्रो भोगै पुगिसकेको छैन, अनि? पुग्योपुग्यो, मेरा दिन सकिए। कुन मुख लिएर बाँच्नु म अब? यो चोला ठूलो पुण्यले मात्र पाइन्छ भन्छन्, त्यसै आफाल्न हुन्न कान्छी नधकाई मसित भन, तिम्रो मनमा के पीर छ? के पीरले मर्न खोज्छ्यौ तिमी? मैले गरेर लाग्नेसम्म म तिम्रो भलै गरुँला। भनिसाध्य छैन, मेरो करा नसुन कार्की, पाप लाग्छ। म पातकी हुँ, राम्रैकी पातकी यो त तिमी भन्छ्यौ नाइँ, मेरो लेखा त तिमी देवीसमानकी छ्यौ। रिकुटेले त अभर पारेनन् तिमीलाई? छाँट त त्यस्तै बुझ्छु है म त नाम नलेऊ त्यस मोराको, तिमीले त भन्थ्यौ मलाई। त्यस बेला आँखा टालिएका थिए। तिम्रो अर्ती विष भो। के गर्नु? मान्छेको भित्र पस्न सकिँदो रहेनछ के भो र? अलि खोलेर भन न। त्यसको भर पर्दा हुनसम्म भो। तिमीले बुझिहाल्यौ, किन बुझ पचाउँछौ -- मलाई लाजमा पार्न? तिमीलाई लान्छु भनेर नलिई गयो। त्यही त होला नि तिम्रो पीर? त्यो फर्केको त अस्ति नै चाल पाएथें। यसरी चाल पाएर पनि किन नभनेको त? म के जान्नु तिमीलाई थाहा होला भन्ने भो त्यसले लगेन भन्दैमा तिमी मर्न तयार परेकी? आउला नि त आवस् कि जावस् त्यसको को खोजी गर्छ? आफू त गयो गयो मलाई समेत कसैको अगाडि मुख देखाउन नहुने पारेर गयो। किन? के भो र? तिमीलाई थाहा छौन? त्यसको पाप मेरो पेटमा पालिंदैछ। म भारी जीउकी छु। ए त्यसो पो, त्यति पर पो पुगिसक्यो कुरो? अब तिमी नै भन, के मुख लिएर बाँच्नु मैले? झुमा हत्केलाले मुख छोपेर रुन थाली। नरोऊ कान्छी म पुर्याइदिउँला त्यो भा ठाम। भो मुख हेर्दिनँ त्यसको बरु मर्छु फालहालेर। त्यसो भा म एउटा कुरो भन्छु है त, तिमी मसित हिंड। काँ? हाम्रो गाउँमा? होइन टाढा, यी गाउँकाले छेड हान्न नभेट्ने ठाउँमा। म पातकीसित तिमी काँकाँ हिंड्छौं दुःख भोग्दै? मेरो पाप काँ आफल्नु मैले? तिम्रो केही पाप छैन कान्छी। तिमीबाट भएको जायजन्म मेरो सन्तान हुन्छ। तिमी मेरी भएर बस्नेछ्यौ। कार्की झुमाले मुन्टो उठाएर कार्कीतिर हेरी। कार्कीका आँखामा मोतीका दाना छचल्किरहेका थिए। उसले आवेशले मुख छोप्तै भनी -- नाइँ हुन्न, मेरो लागि तिमी किन जाकिन्छौ भड्खालोमा? तिम्रो यत्रो घर, माटो, बारी, सम्पत्ति ৷৷. कहिले हुन्थ्यो। त्यत्रो पापमाथि पाप म गर्दिनँ। यो माटो, बारी, सम्पत्ति त के कुरा तिम्रो लागि यो जीवै जान्छ भने पनि सुर्ता मान्दिनँ कान्छी यो मनमा तिम्रो कति माया भिजेको छ, त्यो ता यै मनले जानेको होला। तिम्रो मन नपाएकोले पो केही भन्दिनथें त झुमाले फेरि एकपल्ट मुन्टो उठाई। देखी कार्कीका आँखाबाट बलिन्द्र धारा आँसु खसिरहेका छन्। प्रेमको साँचो दर्शन आज उसले पाई। प्रेम, यौवनकालको उल्लास होइन। साँचो प्रेमले त्याग दिन्छ, बदलामा केही चाहँदैन। प्रेमको असर हृदयमा हुन्छ। तसर्थ प्रेम गरिने वस्तु टाढा रहे पनि हृदयले त्यसको प्रेम अपनाइरहन्छ, त्यो कहिल्यै सकिंदैन। शारीरिक आकर्षणमा आसक्त भएर निस्केको प्रेम, प्रेम होइन त्यो यौवनको उमङ्ग हो, कामना हो। त्यो दुई दिन रहन्छ अनि मर्छ। यस कुराको बोध आज उसलाई सहजै भयो। झुमाले कार्कीको वास्तविक रूप आज देखी। त्यो कार्की जसलाई उसले कहिल्यै विशेष महत्त्व दिइन, जसलाई ऊ एउटा बग्ने हावा ठान्थी, जसलाई ऊ शरद्को फुसफुसाउँदो बादल ठान्थी ৷৷. । जसमा गडगडाहट र जल केही पनि छैन, ऊ कति महान् छ। उसको सामु ऊ कति नगण्य छे। रिकुटेको सम्झना भएर आयो, कार्की र रिकुटे दुवैलाई मनमनै दाँजी। एउटा स्वर्गलोकको जून थियो, जसले जगत्लाई शीतलता दिन्थ्यो, अन्धकारमा बाटो देखाउँथ्यो। अर्को चैतको हुर्हुरे बतासमा बल्दो आगोको मुस्लो थियो, जसले सारा कोमल मनलाई डढाउँथ्यो र आफू पनि खरानीको थुप्रो हुन्थ्यो। कार्कीका आँखामा समुद्र उर्लि नै रहेको थियो, झुमा कल्पनाको बाटिकामा भ्रमण गरि नै रहेकी थिई, कल्पनाले आँखाबाट बाटो पायो। अनि खोलो भई बगेर समुद्रमा मिसियो। कार्कीप्रति पहिले आफूले गरेका दुर्व्यवहारको सम्झना हुँदा लाजले झुमाको मुन्टो निहुर्यो, अनि धेरैबेरपछि भनी -- तर के यो गाउँमा बसाइ हुने होइन। जान पनि काँ जानु? बिहानसम्ममा हामी दुवै नभाको कुरा सबैलाई थाहा भइहाल्छ। तीं अड्डामा पुग्दानपुग्दा पकडाउ परिहालिने हो। कार्कीले आँसु पुछ्तै भन्यो -- त्यसको धन्दा नमान। म सधैंको एक्लो मान्छे। मेरो घरमा सधैं साँचो लागिराको हुन्छ। कसैले निन्दै गर्ने होइन। हामी दुइटा सँगै गयौं भन्ने शङ्कै हुन पाउँदैन। हिजो एउटा आसामीले पैसा बुझाएकोले यस बेला हात खाली पनि छैन। अहिले गएर मेरो भएको जेथा जति लिएर आज राति नै हामी हिँडिहालौं। बिहान धेरै टाढा पुगिहाल्छौं नि। सिमाना काटेपछि यहाँ तिम्रो दाज्यूलाई चिठी पठाइदिउँला। त्यति भा उनीहरूलाई पनि ढुक्क हुन्छ। गाउँकाले पनि टुङ्गो लागेपछि त उनीहरूलाई केही गर्न पाउँदैनन्। तर काँ जानु, के गर्नु? भगवान्ले बाटो लाएपछि एकथोक भइहाल्छ। आजदेखि तिमीले केही सुर्ता लिनु पर्दैन। तिम्रो खसम साथैमा हुन्छ। झुमाले एकपल्ट कार्कीलाई हेरी अनि सम्पूर्ण जीउको बोझ कार्कीको खुट्टामा छाडी। कार्कीले उठाएर
छातीमा लगायो। एकछिनपछि उसले इस्टकोटको गोजीबाट आफूले लाउने गरेको सिन्दूरको बट्टा झिक्यो, अनि झुमाको आँसु पुछी सिउँदो भरिदियो। हर्षका आँसुसित झुमाले उसको छातीमा फेरि मुख लुकाई। एकछिनपछि सधैंलाई गाउँबाट बिदा हुने तयारीको निम्ति दुवै कार्कीको घरतिर लागे।