हेमन्त अब कलङ्की अवतारझैं शरद्रूपी सत्यको सारा मनोहर उद्यान मास्ने निश्चय लिई बिस्तारै लम्किरहेको छ। बिहान चिसो सिरेटो चल्न थालेको छ औ सूर्यको दर्शन मध्यदिन नहुन्जेलसम्म मुस्किल हुन थालेको छ। धने भैंसी र गोरुलाई घाँस हाली कटेराकै पर्खालमाथि बसेर बाँसको सोतेमा तमाखु तानिरहेको थियो। एक्कासि त्यसका आँखा पर आउने व्यक्तिहरूमाथि परे। धने सन्न पर्यो। आफ्ना वरिपरिको जमिन, पर्खाल, गोठ सब घुमिरहेको भान उसलाई भयो। बैदार बूढा मुखिया र अरू दुईचार जना गाउँलेहरूसित ऊतिर अगि बढिरहेका थिए। धने तल ओर्ल्यो औ आगन्तुकहरूलाई स्वागत गरी घर लगी यथास्थानमा बसायो। मुखियाले धनेलाई सम्बोधन गर्दै भने -- जेठा चाइनेभन्देखि साहूको माल ल्याएर केही पत्तै नगरेर कसरी हुन्छ र? बैदारसाहेबका चाइनेभन्देखि रुपियाँ ब्याजसमेत अहिले गनिदेs: न भा त चाइनेभन्देखि तमसुकबमोजिम तेरो गोठ रित्तिने भयो त। धनेले निराश स्वरमा भन्यो -- खै मुखियाबा। नदिऊँ भनेर नदिएको होइन, नसकेपछि के लाग्दो रछ र, अब मैना दुएकको भाका दिनोस्, भैंसी ब्याएपछि त खोजीमेली भा पनि बुझाउँछु नि रुपियाँ। होइन, चाइनेभन्देखि त्यो त मलाई के भन्छस्s: बैदारसाहेब र तेरो लिनदिन हो, चाइनेभन्देखि उहाँ तेरै अगाडि हुनुहुन्छ, मना तैंले। उहाँ मानिबक्सियो भने चाइनेभन्देखि हामी त के कुरा मिलाउनेसम्मका न हौं। हरिरामको होइन मुखियासाहेब क्या हो त्यसरी कुरा चपाको? निसाफमा के भने निसाफ पो गर्नुपर्छ त। हरिरामको कति भो यसले भैंसी ल्याएको? हरिरामको छ मैनाको भाका हो, अहिले फागुन चार गते के भने, पूरा वर्ष दिन हुन्छ। हरिरामको न यसले ब्याज राम्री बुझाएको छ, के भने न भनेका बेला खेताला पछाउँछ। हरिरामको अझ के भनेर यसको मुख हेर्नु मैले। हरिरामको तमसुक पञ्चको सामु छँदैछ, आज के भने, रुपियाँ चुक्ता पार्नुपर्छ, होइन भने फुकाउँछु गोठका बस्तु। बैदारले भने। दोबाटे साहिँलो अहिलेसम्म पलेंटी कसेर बसी कुरा सुनिरहेको थियो। बैदारका कुरा सुनेर ऊ टुक्रुक्क बस्यो, अनि धनेको निन्याउरो मुखतिर हेरेर भन्यो, होइन, ठीकै त हो त हाउ, बैदारबाको कुरा। साहूको खाएर टेरपुच्छरै नलाई बसेर कसरी हुन्छ त? साउँ बुझाउन नसके पनि ब्याजसम्म त दिनुपर्ने हो जेठाले। आसामीले यो चाल गरिदिएपछि भोलि हामीलाई पर्दा के मुखले जानु हाउ साहूकहाँ ऋण माग्न? एउटाले गर्दा अरूको पनि बाटो थुनिंदैन यै चाल हो भने? धने रिसले मुरमुरियो, तर आफ्नो परिस्थिति बुझेर विनम्रै स्वरमा भन्यो, भोलि तिमीलाई पर्दाको विचार राख्ने भए यसरी हेपेर कुरा गर्ने थिएनौ साहिंला दाइ तर ठीकै छ, ओह्रालो लागेको मिर्गलाई बाछाले खेद्छ ৷৷. । दुःख र ग्लानिले धनेको कण्ठ रुद्ध भयो। दोबाटे साहिंलो स्वयम् पनि गरिब थियो औ कैयौं साहूको आसामी। तर साहूधनीकारहरूसँग मिलेर आफूजस्तै गरिब र दुःखसुखमा काम दिने छिमेकीहरूलाई गिज्याउन ऊ परम आनन्द अनुभव गर्थ्यो। ऊ मात्रै के, सायद मानवजातिको प्रकृति नै त्यस्तो हुन्छ। मानवले सधैं प्रत्येक चीजलाई आफ्नै दृष्टिकोणले हेर्ने चेष्टा गर्छ, अर्काको दृष्टिकोणले होइन। आफूलाई पर्दा ऊ रुन्छ, कराउँछ, अर्काको सहानुभूति पाउने चेष्टा गर्छ, नपाएको खण्डमा रिसाउँछ पनि। तर अर्कालाई पर्दा बाहिर सहानूभूति दर्शाए पनि हृदयमा ऊ
मुस्कुराउँछ, एक प्रकारको आनन्द अनुभव गर्छ। पञ्चायतले एकै स्वरमा बैदारको पक्षमा निर्णय लियो। धनेको हलगोरु र भैंसी बैदारले लाने भए। त्यति बेलासम्म गाउँघरका, वल्ला घर, पल्ला घर सबै ठाउँमा धनेले बैदारको रुपियाँ तिर्न नसकेको र बैदारले धनेको बस्तु फुकउन पञ्चायत बोलाएको कुरा फैलिइसकेको थियो। तलतिर, मास्तिरबाट मानिसहरू आएs: धने लुटिएको रमिता हेर्न। सबैको मुखको भावबाट यही बुझिन्थ्यो उनीहरूलाई धनेप्रति प्रगाढ सहानुभूति छ तर सबैको हृदय उत्साहपूर्वक प्रतीक्षा गरिरहेको थियो कि कति बेला धनेका गोरु र भैंसी फुकाएर खेदाइन्छन्। सायद बस्तु फुकाउने कुरा स्थगित हुने भए सबैका हृदयमा निराशा नै हुने थियो। सबै आफूलाई आनन्दमय दृश्यबाट वञ्चित सम्झने थिए। आखिर त्यो घडी आयो, जब बैदारले बस्तुको गलाबाट दाम्लो पन्छाए। बैदारका दुई जना गोठाला बस्तु खेद्न थाले। मैना आँसु थाम्न नसकेर घरभित्र दगुरी। धनेको मनमा लाग्यो -- एकपल्ट बैदारका गोडा समातेर केही दिनको भाका मागूँ तर अभिमानी धनेले गरिब धनेमाथि विजय पायो। आत्मप्रतिष्ठा दारिद्र्यको सामु झुक्न सकेन। धने चुपचाप उभिरह्यो।