‹ ›
मुना --नछा़डी जानोस् हे मेरा प्राण अकेली मलाई,मनको वनमा ननिभ्ने गरी विरह जलाई ननिभ्ने गरी विरह जलाईलोचनका तारा हे मेरा प्यारा यो जोति बिलाएके भनूँ? भन्ने म केही थिइनँ विष नै पिलाए प्यारा विष नै पिलाएमनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,यो छाती मेरो चिरेर खोली नजर गराए,त्यो मन केही फर्कंदो होला, तस्वीर खुलाए,आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन, प्यारा आँसुले बोल्दैनमदन --हे मेरी मुना नभन त्यसो, जूनमा फुलेकीफर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी?म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन,चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन, प्यारी भेटको बडा दिनकि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,नहाल प्यारी बाटामा मेरो आँसुको यो बाधा।अनारदाना दाँतका लहर खोलेर हाँसन,तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन। प्यारी बिदामा हाँसन।मुना --हे मेरा राम हे मेरा कृष्ण जङ्गल, पहाड,भीरका भोटे, वनका जन्तु, गाईको आहाररातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँजाने नै भए नछाडी जानोस् साथमा सुहाऊँहजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँमदन --नभन त्यसो बुझन मुना थुँगा झैं त्यो पाउ,वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ? हे नागकन्या पहाड नआऊती यौटी आमा, लच्छिनकी बत्ती, नछाड सुसार,तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार, ती हेरी बसून् यो चन्द्रमुहारमुना --फुलेका केश गलेको जीउ आमाको मायाले,बाँधेन हरे हजूरको पाउ मायाको छायाले, हजूर आमाको मायालेजङ्गली देश बेपारी देश सङ्कट सहेरके मिल्छ हरे तिनलाई छाडी ह्लासामा गएर?हातका मैला सुनका थैला, के गर्नु धनले?साग र सिस्नु खाएको वेश आनन्दी मनले हे मेरा प्यारा अमीरी मनलेमदन --हे मेरी प्यारी वचन तिम्रो गड्दछ मनमा,के गर्छ्यौ मुना यो सास अड्छ त्यै पापी धनमा।ती आमालाई दूधको घुड्काले गला रसाऊँ,उनको यौटा पाटी र धाराको इच्छा पुर्याऊँ,यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ,रिनले थोत्रो घरको जग बलियो बनाऊँ,भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,उचालिहालें पयर ऐले, इच्छाले उठायो।ईश्वरमाथि, मुटु छ साथी जङ्घार तरूँलाअसल गर्दा झन् बिघ्न परे बाटैमा मरूँलापृथिवीपारि स्वर्गमा फेरि हे प्यारी भेटौंलामुना --हे मेरा कृष्ण मुटुको गाँठो झन् कसी नबोलतस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोलनफर्क प्यारा नलुकाऊ आँसु नयनमा ढल्मलह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी।ती सबै खेलून् ती सबै नाचून् डाँडा र चहुरमा,मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,सवारी हवस् अँध्यारो पारी घर र शहरमारुन नै बल पुग्दैन रोई आँसुले हजूरमाअँध्यारोभित्र सम्झना बल्ली बिजुलीझलकमाआँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा (पिंजराभित्र जलेकी चरी नबोली रुनेछठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछक्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवनखरानीबाट छिन्छिन बिउँती रुनेछ सम्झनाछहारी दिने रसिलो बादल झुकेको बिलाएशीतको दाना सुकेको फूलखङ्ग्रङ्ग भई सुकेर मूल)वैलेर झर्ली नबोली, बोली को सुन्ला उहाँ ए प्यारा को सुन्ला यहाँ एसवारी होओस् भन्नै ता पर्यो मुख थनी मुटुकोनरुँदी चरी पिउनेछ मरी आँसुको घुटुकोकमलको मुटु खुम्चेर मर्छभुमरादर्शन त्यसमा पर्छतिर्मिर छाया मुख बाउँछन् धुइरा शीतले काँप्छ तन प्यारा शङ्काले काँप्छ मनमदन --पुरुषको प्यारी, सङ्ग्राम संसार, विजय उसको सारपौरुष विना पुरुष हुन्न तरबार विना धारसङ्घर्षद्वारा बिजुली बल्छे विक्रमद्वारा दीपतिमीलाई पाउन म दूर जान्छु झन् आफ्नो समीपदेहको न्यानो नजीकको प्यारी, आत्मालाई बिर्साउँछचौमासको वियोग किन हो ज्ञानी तिमीलाई तर्साउँछदूरतालाई गिज्याउँला हामी तिर्सना चढाईझन् तीखो प्यासले सँगसँगै ह्वौंला मुटुलाई मिलाईतिमी ता मेरी जीवनज्योति बाटाकी दियालीननिभ्ने कहिल्यै, नछोड्ने कहिल्यै जीवन अँगालीतिमी छौ पर भन्ने यो डर मलाई हुँदैनहिमालपारि हिमालवारिकल्पने चरी भुरभुर गरीतिम्रो त्यो अमर प्यारको मुटु पङ्खले छुँदैन। प्यारी पङ्खले छुँदैनपुछ्नद्यौ आँसु नजरका दाना बरबर गुडे झन्पर्वतखाडी सागरले छेक्छन् प्याराका जोडी कुन?कालको वारि, कालको पारि एक वस्तु अमर छदुइटा जोडी दिलको प्यारदुइटा आत्मा जोडिने तारदेश र काल नाघेर चल्छ ईश्वरको वर छसँभाल मन ए मेरी जून यो छोटो बादल होनिर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल योडाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्नपङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न? प्यारी तानिए फर्कन्न?नमान डर ईश्वर छ भर बुझाई बसे मनअँध्यारो हुन्न सधैंलाई प्यारी फर्केर आउला दिन