यो कथा होइन। किनभने न यसको आरम्भ छ न यसको अन्त्य। न यसका कुनै नाटकीय तत्व छ न यसमा कसैकोचित्रण। न यसमा कुनै समस्य छ न समाधान। न यसका पात्रहरुको सुखान्त मिलन छ, न दुःखान्त मिलन छ, न दुःखान्त मृत्यु नै। साँच्चै भनुँ भने यसका दुई पात्र, म र ऊ बीच आजसम्मन् कुनै वार्ता, कुनै परिचय, भनौं कुनै मिलनसमेत भएको छैन अझ, साँच्चै भनुँ भने, एक विशेष ठाउँमा कहिलेकाहीं एक्कासि उसलाई देख्ने बाहेक म उसको अरू कुनै अन्य पक्ष जान्दा पनि जान्दिनँ। आयु सिद्धिसकेको उसको अनुहार छ -- यत्ति विघ्न चाउरी परेको छ, अब बढी चाउरी पर्ने सम्भावना छैन। मानौं कालले थकित भएर अब उसको अनुहार कोतर्न छाडिसक्यो। कमसेकम मैले उसको उमेरको अडकल लाउने प्रयास जबर्जस्ती बन्द गरिदिएँ। गेरुवा लुगा लाएर, दुवै हातमा दुई लट्ठी समातेर ढल्लाढल्ला जस्तो भई ऊ पसल बाहिर, थाहा छैन कहाँबाट, आइपुग्दछ। आइपुग्यो पहिलो पटक, मैले जान्ने गरी। पारदर्शी दृष्टिले उसलाई एक पटक हेरिदिएँ, अनि फेरि आफ्नै संसारमा डुबुल्किएँ ৷৷. । आफू मात्र डुबुल्की मार्न हाम्रो आफ्नै संसार पर्याप्त छ। साथी, मित्र, परिवार, पैसा परिस्थिति, पोजिशन केही चाहिंदैन, हाम्रो आफ्नै भूत हुन्छ, आफ्नै वर्तमान, आफ्नै भविष्य। यी तीन त्रिलोकबीच अनेक लोक हुन्छन् -- त्यहाँनेर यस्तो भइदिएको भए ৷৷. मैले त्यसो नगरेको भए ৷৷. उसले त्यसो नभनेको भए ৷৷. मैले त्यसको सट्टा उसको कुरा भनेको भए ৷৷. हामी कत्ति पनि शक्तिशाली छौं। -- भएका कुरा जस्ताको त्यस्तै मनमा उमार्न सक्दछौं, हुन सक्ने सम्भावना कल्पना गर्न सक्दछौं, नहुन सकेका कल्पना प्राणवान बनाउन सक्दछौं। वास्तविकता र परिकल्पना मानौं हाम्रा मस्तिष्कमा एकपछि अर्को एकनास आइगइरहने ज्वार र भाटा हुन्। र विचारको हाम्रो सागरको तट खै? छैन ৷৷. मलाई ज्ञान छैन, कत्ति समयको अवधिपछि दोस्रो बाजि मैले सडकतिर हेर्दा ऊ त्यहीं थियो, अर्धमुदित नयनले शोकेस हेर्दै झुम्दै भट्भटाइरहेको त्यो (ऊ) आएको हिजो थियो, वा भर्खरै अहिले, वा सय वर्षअघि, वा दस वर्षपछि, को जानोस्s: आफ्नो आत्मामा लीन भएर, परम उत्कर्षमा पुगेर फर्केको, सृजन गर्ने व्यथामा रुमल्लिएको मैले, म कसरी जानूँ? म हाँसिदिएँ मनमनै। मूर्ति देख्नासाथ मानिस त्यसलाई देवता ठान्दछन् र थालिहाल्छन् मनका पीरमर्का पोख्न। चाहे मूर्तिको मूल्य जेसुकै होवोस् कुरा आयो गयो, समाप्त भयो। दृष्टिबाट ऊ पन्छियो। मैले उसलाई बिर्सिदिएँ, सम्झने खालको कुरा नै के छर यसमा
व्यापार मध्यम छ, यसकारण उत्साह पनि। यसकारण जाँगर पनि। आफ्नो काम छैन, यसकारण बस्यो अरूको काम हेरिराख्यो। तिनको प्रतिक्रिया हुँदोरहेछ मनमा। आफू व्यस्त र मस्त भए तिनले पटक्क नछुने। आफू अस्तव्यस्त भए तिनको उन्नतिले घोच्ने, अवनतिले साहस दिने। (कस्तो घिनलाग्दो भावना पनि
आइहाल्दो रहेछ मनमा म त कससेकम यस्तो थिइनँ) हो, परिस्थितिले यस्तो बनाउँदो रहेछ। के परिस्थिति? के परिवर्तन, हँ? ट्वाक, ट्वाक, ट्वाक, ट्वाक एउटा गेरुवा मूर्ति एउटा काँसको मूर्ति समक्ष आइपुग्छ। ৷৷. संन्यास मानिसले किन अपनाउँछ? उसले किन अपनायो होला? कुन उमेरमा अपनायो होला? स्वास्नी पोइल गई भने ৷৷. घर जग्गा साहूले निखन्यो भनेर ৷৷. भूकम्पमा सबै स्वाहा भो भनेर ৷৷. अन्तरङ्ग मित्रले धोका दियो भनेर ৷৷. चौरासी लाख जुनीको चक्रबाट उम्कुँ भनेर ৷৷. संसारमा लोभ, मोह, क्रोध, पाप, परिवर्तनको जंजाल भनेर ৷৷. भनेर ৷৷. अपरिवर्तनीय, अपरिमेय, अगम्य अवोधसँग त्यस्तै बनेर आत्मसात् गर्न ৷৷. ? कैयन् प्रश्न छन्, हुन सक्छन्। कैयन् सम्भावना छन्। उसको पनि तीन त्रिलोक छ, र त्यसका कापहरुमा कैयन् लोकहरू एउटा कुराचाहिं सत्य हो, उसले संसारप्रति निर्लिप्तभाव अपनाउन खोजेको छ। तर पूर्ण निर्लिप्तामात भगवान्को मूर्ति समक्ष मौन उजुरी पनि त गर्नु हुँदैन ৷৷. कृपया टुरिस्ट डिपार्टमेन्टको बाटो। भावनाको माइक्रोस्कोपमा उसलाई जाँचिरहेको मेरो दृष्टि उचालेर म हेर्छु। स्वभाविक दृष्टिमा, वैयक्तिक फोकसमा आउन मलाई समय लाग्छ। म हेर्छु एउटा आकृतिपट्टि। एउटी ढम्मरढुस अमेरिकन नारी छ, अन्दाजी 85 वर्षकी, अन्दाजन मिस म बताइदिन्छु उसलाई यही सडकको अन्त्यमा पुरानो शाही दरबारअगाडि ৷৷. कुन दुस्साहसको भरमा यिनीहरू यस उमेरमा संसार यात्रा गर्दा हुन् यस उमेरमा संसार हेरेर फाइदा नै के? बाटैमा मर्ने हुन् वा घर पुग्नासाथ वा, घर पुगेर स्लाइड हेर्लान्s: ৷৷. थाहा छ तिमीलाई म काठमाडौं पुगें, ओह, तिमी कल्पना गर्न सक्दैनौ, क्या अनौठो देश छ, कस्तो फोहोर र हिलो र भीख माग्ने बच्चाहरूको बीच क्या अनौठा पगोडा खडा छन् त्यहाँs: अनि जान्दछौ, ती पगोडाका थाममा, छाना अडाउने थाममा सेक्सका कार्भिङ छन् र मानिस त्यसलाई पुज्दछ र अक्षता छर्कन्छ, र हामी दंग पछौं। एण्ड देयर मेऽन गाइ इज ए सिम्बल अफ क्रिएशन, यु नो दोज फ्याकिल रिलिजन बंट् दे वोन्ट लेट अस् इन्टर द टेम्पल हाउ फन्नी कुड यु इम्याजिन? एनी बडी अफ माइ एज मस्ट हैभ सीन एट लिस्ट वन रियल फयालस इन हर लाइफ, एन्ड दे वोन्ट लेट मी सी ए स्टोन वन ৷৷. ट्वाक, ट्वाक, ट्वाक, ट्वाक ऊ अर्को शोकेसतिर बढ्दछ। म मिनोसेटाबाट नयाँ सडक आइपुग्दछु र प्रयास गर्दछु सुन्ने एक मौन आर्तनाद। जोगिनी नर्तकीलाई एक काँसको अक्सिडाइज्ड मूर्ति समक्ष ऊ ग्रान्ड फादर वाचको पेन्डुलम झैं झुमिरहेछ। उसका आँखा ৷৷. नभनुँ म स्वयं लज्जित हुन्छु ৷৷. एक नर्तकीलाई यत्रो भगवानलाईअर्पित गर्नसकिनेश्रद्धा कस्तो शक्तिको कस्तो दुरुपयोग जीवन यस्तै हो। श्रद्धाको केही मापदण्ड हुँदैन सायद। श्रद्धा सब प्रकारले गर्न सकिन्छs: बुझेर, नबुझेर,
डरले, मायाले, त्रासले आसले
अंग्रेजी भाषा बडा मीठो भाषा हो। धेरै वर्ष अघि एउटा उक्ति सुनेको थिएँ -- भ्यू फ्रम द आइभरी टावर ৷৷. मैले कल्पना गरें हस्तीहाडको एक धरहरा। नेपाली इन्ट्रिकेट डिजाइनले परिपूर्ण एक आब्जरभेटरी अनि, (निर्बुद्धि म) कसोकसो विचार आयो मलाई, यो आइभरी टावर सडकबीच निर्माण गर्दा कति हात्ती ढले होलान्? कति औंलाले यसमा बुट्टा काटे होलान्? टावरको खुड्किलो उक्ली पाइतालाले कति माटो भुले होलान्? आज म बुझ्दछु, त्यस महान् भाषाको त्यो महान् उक्ति ट्वाक ट्वाक ट्वाक ट्वाक ৷৷. आइभरी टावरबाट गणेश हिमालपारिको स्वच्छ नीलो वितान पनि देखिन्छ, आइभरी टावरबाट हात्तीवनपारि तराईको सुनौला माटो र बालीमा लुट्पुटिएको घाम पनि देखिन्छ। सिर्फ दृष्टि चाहिन्छ। अथवा सिर्फ दृष्टि चाहिन्न। को जानोस्। ट्वाक ट्वाक ट्वाक ट्वाक निर्लिप्ततामा के दृष्टि? सन्यासमा के देवता, के नर्तकी? डिट्याचमेन्टका लागि (वा एटेचमेन्टकै लागि पनि) काललेथकितभएरकोतर्नछोडेकोअनुहार के, 85 वर्षको उमेर के वा नवयुवक नै के? दुई हातमा लट्ठी समातेर ग्रैन्डफादर वाच पेन्डुलम बन्नु र दुई विभिन्न विचारधारामा अस्सिलेट गर्नुमै ৷৷. अंग्रेजी भाषा राम्रो निकै ग्राह्य छ। निकै वेश्या छ -- कारण अरू भाषाको शब्द पेट बोक्न, जन्माउन ऊ लाज मान्दिन। उसका फ्यालिक रिलिजनमा ৷৷. यु नो, टेम्पल डार्स आर नाट क्लोज्ड एनी रिलिजन अफ हिन्दूएज मस्ट हैभ सीन लट्स अफ कल्चरल एन्ड रेसियल मिक्सचर्सs: एन्ड दे वोन्ट लेट मी सी ए फामिलाइज्ड आइडियल ৷৷. ट्वाक, ट्वाक, ट्वाक, ट्वाक ऊ आउँछ। म जान्छु। मलाई आशा छ ऊ मसँग भीख माग्नेछ, हात पसार्नेछ, बाँच्न खोज्नेछ। मलाई वास्तै नगरी, मेरो अस्तित्वको इत्ति मात्र पनि वास्ता नगरी ऊ काँसको मूर्तिपट्टि नै बढ्छ ৷৷. (हु हैज सेड द्याट द कोल्डेस्ट थिङ्ग एलिभ इज ए ब्रोन्ज फिगर ओभर द मैन्टलपिस ৷৷. पर्हेप्स आई सेड इट माइसेल्फ ए फ्यू थाउजन्ड यिअर्स अगो एन्ड ए फ्यू थाउजेन्ड टाइम्स इन बिट्विन) त्यसैले ৷৷. त्यसैले त म भन्छु। यो कथा होइन। किनभने न यसको आरम्भ छ न यसको अन्त्य। न यसमा कुनै नाटकीय तत्व न यसमा
कसैको चरित्रचित्रण। न यसमा कुनै समस्या छ न समाधान। ৷৷. यी जम्मै व्याख्या जीवनका व्याख्या हुन्। अनादि, अनन्त, असीम। सत्यं, शिवं, सुन्दरम्। समस्या, उत्पीडन, समाधान। पेन्डुलम, अस्सिलेसन, पेन्डुलम जन्म जीवन, मरण। ৷৷. तीन त्रिलोक र कापमा अनेक लोक आफू मात्र डुबुल्की मार्न हाम्रो आफ्नै संसार पर्याप्त छ। ৷৷.