‹‹ ‹ › ››
कुर्कुच्चा घोटीघोटी, हाँसका फुल झैं पारीपाउजेब लाउन मन लाग्यो, छमछम गरी भारी।रेशमका राम्रा चुरी, लगाइदेऊ न आज,झुम्के यारिन् झल्काऊँ भने, लाग्छ मलाई लाज।मखमली बाँकटे चोली मेरो खोइ?बैंस जस्तो हरियोमा, किन बसूँ रोईआज उड्न मन लाग्यो डाँफे गीत गाई,ढुक्कुर जस्तो कुर्लूं कुर्लूं, हुन्छ मनमा आई।लगाइदेऊ न सानीमा केंवराको ट्वाक पानीमा,सिउर गुलाफ सानीमा कान्तिपुरी सारी धानीमा।।3।।