Kunjani


ऐना लेऊ न सानीमा आज हेर आँखा नानीमा,

लहराले रूखको लिई फुली अङ्कमाल

म त सधैं बाँझी हुन्छु जस्तो भयो चाल।

गुलाफको लाल मुस्कान मेरा ओठमा हाल,

सयपत्रीले लगाइछ, नि दुलही घुम्टे जाल।

बादलको चँदुवामा अबीरअबीर लावा

नाच्न लागे मुजुरपङ्खी वनका शीतल हावा।

कानेखुसी गर्न आयौ लौन बतास आज

पातपातमा सुसेलेर, लाग्छ मलाई लाज।

पखेटा भएदेखि उड्थें, सानीमा

लगाइदेऊ न सानीमा केंवराको ट्वाक पानीमा

सिउर गुलाफ सानीमा कान्तिपुरी सारी धानीमा।।5।।