Kunjani


एकै बारको बैंसे बहाड एकै बारको चाहाड

गुलाफ नानी नलेऊ मेरो लाललाल भई डाहाड।

काँढा हाम्रा झरिसके पीर्ति फुल्छ, खालि,

तिम्रो भन्दा राम्रो सुबास दिउँला अत्तर हाली।

मनको धोको ईश्वरले पुर्याइदेलान् चाँडो,

आँसु हाम्रा जुहार होलान् मर्ला मनको काँढो

चखेवा र चखेवीको भेटमा स्वर्ग सुनसुन,

बादल फाटेपछि मनको आकाशमा जूनजून।

मनको धोको कल्लाई बताऊँ एकान्तको कानमा,

हाम्रा पनि फल्लान् बिन्ती देवताका थानमा

आज जीवन फुल्छु भन्छ रङ्गरङ्ग लिई राम्रा।

सुनका प्वाँख लिई आउलान् दिन उज्याला हाम्रा।

छातीमा आँसुका मोतीमाला उन

भाग्य हाँस्छ अनारदाना सुनका बाद बुन

लगाइदेऊ न सानीमा केंवराको ट्वाक पानीमा,

सिउर गुलाफ सानीमा कान्तिपुरी सारी धानीमा।।6।।