Kunjani


धैर्य हो धर्म, नारीको कर्म, भक्ति हो नारीको श्रृङ्गार,

पीर्ति हो मर्म, पाप हओस् शर्म आज धेरी लाल आँखा नपार।

एकबाजि फुली, पतिका छाती अनि फेरि बन्द नै हुँदैन।

घाम झरीभित्र, खोलेर पत्र पनि फेरि कोपिला हुँदैन।

एकबाजि फेरि, सत्यवान् मरी, पतिव्रता नारीले बचाइन्,

पतिले राख्दछन् जगत्को प्राण, संसार जीवनको सब पाइन्।

गयो है भनी मै मरे पनि पीर्तिएको नबिर्स धावामा

हंस आउला उडेर यहाँ पहाडका शीतल हावामा।

भोलि जानु, राजाको मानु जानुपर्छ जर्मनको धावामा।।11।।