Kunjani


म मर्छु भन्छिन् बाँच्दिनँ भन्छिन्, ञ्जनी रोएर।

छातीको घुँक्का आँसुमा वर्षी सारीले छोएर।

ओछ्यानबाट उचालिएकी हातलाई समाती।

कसरी खप्ने औँसीको शून्ने। -- आँसुमा फुटेर।

हृदय मेरो छरिन्छ प्यारा टुक्रा भै टुटेर।

बिहानी तारा प्राण मेरो लिन्छ चरीले नबोल्दै

गाडेर गए वामा बरु -- बिहान नखुल्दै।

आँखा भो पानी, दुःख भो थोपा छातीको पहाड।

विरहबादल गर्जेर रोयो भन्दछिन्, नछाड।

जीवनको सारा सपना भयो आँसुको निराशा,

नखप्न सकी लुके है तारा बिजोगकै तमाशा।

पीर्तिको दिललाई हे निठुर दैव बिजोग नपार

छटक्क पार तरवारले कालको छिनेर टुक् पार।।13।।