Kunjani


पीर्ति नै ठूलो, जीउ हो धूलो, माटोको हो यो मूर्ति उनको,

अर्पेको प्राण, आउँछ रे बिहान आफ्नो इच्छा स्वर्गमा सुनको।

उडेर जान्छ हंस रे भन्छन् पखेटा ली संसारमा हिउँसेतो,

टाकुरापारि स्वर्गको बारी, गाना जो गर्दै मधुर भारी,

झरेको आँसु बन्छन् रे मोती बिझेका सब काँढा रे फूलफूल,

मरिनै गए भेटुँला पारि,

अमर पीर्ति नन्दनको बारी मर्दैन रे मानिसको हंस रे

आखिर हामी हाम्रै नै देशका फुलेकै एक चीजका अंश रे।।7।।