Kunjani


नेपाल बारी तिमी हौ फूल, मेरो आत्मा भँवरो भुन्भुने,

यो हंस मेरो लाएर फेरो, वरिपरि सधैं छ गुन्जने,

सुगन्ध तिम्रो देशको जोश वीरको हो आत्माको सिङ्गार,

आँखाकी बत्ती हृदय पत्ती तिमी मेरी स्वर्गकी संसार।

तरवार मेरो भो सम्झी जाग्ला रिसले भाग्ला दुश्मन डराई,

घूँघरले कस्ला मुटुको ज्यान आउँला कान्छी काललाई गिज्याई।

मोहनी तिम्रा झल्केलान् झल्झल् नेपाली खुकुरी झल्काई।

लडाइँकी काली बनौली तिमी दुश्मनको रगत ढल्काई।

तस्बीर तिम्रा वैलिने छैनन् छातीभित्र लड्केर मलाई

तिमी त रहे आउँला हाँस्दै विजयको अबीर लावामा।

भोलि भने जानु छ ज्यानी जानुपर्यो जर्मनको धावामा।।9।।