Kunjani


दुःखले चिसो रुझेका आँखा,

संसाररूपी झाँगिलो काँढा।

ज्यादा भई पलकमा दुःखभार

मुटुको गाँठो फुक्नको घुँक्का,

छातीलाई उचाली आउँथ्यो

गलामा गै रोकिन्थ्यो बरर

सानीमा सिन्धु विधवा कठै

देखी झर्थिन् आँखामा झरर।।10।।