Kunjani


गारेले देख्यो बाटामा खालि कुञ्जिनी झलल,

बादलको टुक्रे छाया झैं पछि लागेको शीतल।

चुल्ठो झैं उनको नागबेली बाटो घुम्दथ्यो फनन,

दायाँ र बायाँ उनकै छाया नाच्दथ्यो भनन।

सियाले केश पर्वतमा झुके मधुरो छाया ली,

विरहबादल तिनमा हेर्थे गहिरो माया ली।।14।।