‹‹ ‹ › ››
यिनै सुनका द्यौताका मन्दिर यिनै पहाड किल्लाका दरबार यिनै हरा झोलुङ्गा वीरका, नील पन्ना लागेका घरबार।यिनै घाम र छायाका पाटा यही घाम झरीको संसार। यिनै आँखा निर्धक्क गाई पहाड पाखा चरेका माइसारयिनै स्वर्गे दूधका छाँगा, नागबेली झल्केका जुहार यही देशको मखमली चोली, गरागरा मैदान धनसारयिनै राम्रा चाँदीका चुचुरा सुने हुने दिनका दुई बार। यिनै फुल्दा बगैंचा हरिया नीलिएका पहाड किनार।यिनै हाम्रा नीरका मन्दिर चराहाँगे वनका घरबार यिनै हाम्रा नेपाली देवी हिउँगोरा फूलका मुहार।तोते मीठा कलीला ओठका पहाडका पालुवा कुमार। यही हाम्रो हरियो हावा लहराको फुलेको फर्फरयिनै हाम्रा लहरे नाता, हिमाल काँधको स्वर्गको दरबार यिनै निम्ति पखेरू उड्ला पखेटा ली ढाल र तरबार।हिँड आज आँखाका भाइ आँसु भरी जानु छ उस पार।।3।।