Kunjani


हामी लाउँला स्वर्पङ्खे कल्की,

हामी लाउँला इन्द्रेनी पखेटा।

हामी लाउँला आँखाका मोती,

अप्सराका आँखाका जगेडा।

हामी जाउँला नेपालको बाटो,

हामी पाउँला नेपालको हृदय।

हामी झलझल झल्काउँला भाइ

खुकुरीमा नेपालका उदय।

हामी सारा झरुँला बर बर

नेपालका फूलका जरामा।

हामी आउँला लहरे घरमा

नेपालको पर्वतको गरामा।

बिजुली झैं झिलझिल जीवन

उत्तर भज्ने प्राणको बतास

जित्ने आँखा स्वर्गले भरी

लावा अबीर बसन्ती छरी

फेरि हुन भरीको भरी

ल्याउँला बाँकी, जितेर दुश्मन

परदेशको सुगन्ध सुवास।।4।।