Kunjani


साथीले सोध्यो आँखामा हेरी, खुर्सानी दलेका

दुःखको ज्वाला बनेर लाला भएर फुलेका

साथीले सोध्यो, रोएर गइन् पो आज राति क्या?

पीर्तिको वजन परे पो जस्तो गर्हुँ छ छाती क्या?

हलुङ्गा हामी के बुझछौं हरे छातीको तम्रो पीर

मिर्गका आँखा लागेका जस्ता गर्हुँ छ तम्रो शिर

लालपाते मुटु चटक्क चुँडी धावामा जानु छ।

दिल दुख्तो होला ढुक्कुरको तम्रो

पीर्तिको शर हा कठैबरा नदेख्ने सानु छ।।7।।