Kunjani


डाँडाको गुलाब हाँसे झैं हाँस्दे, हिउँदको हावा घामले छास्दे,

कोल्पूको तीरलाई वसन्ती बास्दे अनार दाना बन्।

शीत थोपा छाडी हो मोती लहर, बैंसमा पुर्या रङ्गीलो रहर,

झर्ना झैं नाची छहर बहर, छाडिदे दुःखी धुन।

लमकोसे हरिण आँखा झैं झल्की, यी मेरा कुरा सुन्,

नखन् है आफ्ना दाँतले चिहान यी मेरा कुरा गुन्।।11।।