Kunjani


आज भए पहाड काँढा, आज वन पहेंलो उदास।

आज झर्छन् वैरागी पत्ती अड्न नपाइ हिउँले बतासी।

आज घाम रमाइलो छैन, टुटे सबै जीवनका आधार

झरूँझरूँ गर्दछे जीवन सास बन्छे हिउँको संसार।

खैरो भयो हरियो वन, खायो आज झरेर तुषारो।

करमले काटेको खेतमा, बाँकी जीवन हिउँदको उधारो।

फूलहरू रँगीला गए, पुतलीको पखेटा चढेर।

खुशी गई अबलाई परी, नङ्गा काँढाहरूले भनेर।

बिना पातकी दारिमको बोट, विरह झैं काँढाले ठिङ्गी छ।

तुषाराले खाएको आँप, रसबिना झरेर नङ्गी छ।

त्रिशूलीको दक्षिणी फन्का बालुवाले चिरेर बङ्गी छ।

घाम न्यानो खोज्ने गौंथली चरी कठैबरा गइछ परदेश

भन्न थियो त्यसलाई केही हृदयमा रुझेको सन्देश।

कोल्पू आज सुकेर गइन् रसबिनु ढुङ्गाको जीवन

हाँगामाथि रहेकी चरी आज झोक्री झुकेर बोल्दिन

बाधा फुङ्ग उडेको जीवन आधा डुबी चिहानमा तुषार।

ल्याइदेऊ मलाई टिपी पहेंली त्यो हिउँकी सुषार।।2।।