Kunjani


आज खान्न परीले पानी, आज चारा भँगेरी टिप्दिन।

अबलाई थोरै छ दिन वैलिएको संसारमा टिक्दिन।

अबलाई फुलेर चाँदी आशोपले पहाड लिप्दिन।

अबलाई कोइली चरी मन चोरी सोधेर छिप्दिन।

अबलाई वसन्ती परी काँढालाई फूलले छोप्दिन।

चढी आउलान् माघका झरी मरिसकी कुञ्जिनी भनेर।

टाँग्न मन नभए बिजोग टिपिदेऊ दयालु बनेर।

आज राति काँप्नेछन् तारा स्वर्ग भरी चिसोले छोएर।

आज राति काँप्नेछन् तारा कुञ्जिनी यो डग्छे कि भनेर।

काल आउला हजारबार, वन खाने तुषारो बनेर।

कोल्पूका छोरी होवैनन् झूटा काल बिजोग संसार भनेर।

दयालु दिलकी सानीमा मलाई भुङ्ग्रो भयो भित्रको जीवन।

दयालु भए पहेंली विष विरहकी सँगिनी टिप न।।3।।