Kunjani


संसारडिलमा झरेर पलक रात जस्तो अँधेरी निद्रामा।

यौटा पात नहिल्ने गरी मूर्छा जस्तो मिर्मिरे चन्द्रमा।

आँसु भरी सम्झना झलझल हिउँ जस्तो सासलाई पारेर।

हृदयको कमलले मेरो पीरतिकी मूर्तिलाई ढाकेर।

झयाउचीसी शिलाको तकिया कोल्पू नदी बगे झैं शरीर,

वनमाथि अँधेरी जस्तो केश मेरो झर्ना झैं शरीर,

वैलाएकी फूलको रोगन हात हाँगा भाँचे झैं झारेर,

एकदुई थोपा आँखाका शीत वरिपरि हावाका दाना झैं,

आज मलाई निदाउन देऊ सिताराको फूललाई झारेर,

भन्नू गई संसारको पारि काल आई तिर्खैमा मारेर,

धेरै भयो भुट न सानीमा कुञ्जिनीले धेरै नै सही नि

फुलेकी होली पहेंली विष, विरहिनीहरूकी सँगिनी।।6।।