‹‹ ‹ › ››
बाँच्दिनन् हाम्री, कुञ्जिनी राम्री बाबुको जिद्दीलेके गर्नु हरे पीर्तिको दिलमा स्वर्गको गद्दीले?परेवालाई बनाउनु गुँड दिललाई मिचेर, कसरी बाँच्थिन् अरूको गर, न टिप्छिन् दाना न लाग्छ कर,बरररर रोएर हेर्छिन् आकाशको किनारा। रुँदै र रुँदै शरीर खिई, आँसुकी सानो दाना झैं गई,अँधेरी रातको चँदुवामाथि झल्किँदी सितारा।डाँडा छन् टाढा, वनका काँढा फर्कने बाटोमा।कसरी फिर्थिन् ती कोल्पू नदी साधारन माटोमात्रिशूलीलाई डाकेर रुन्छिन् पहाडको फाटोमा।।23।।