Kunjani


बाँच्दिनन् हाम्री, कुञ्जिनी राम्री बाबुको जिद्दीले

के गर्नु हरे पीर्तिको दिलमा स्वर्गको गद्दीले?

परेवालाई बनाउनु गुँड दिललाई मिचेर,

कसरी बाँच्थिन् अरूको गर,

न टिप्छिन् दाना न लाग्छ कर,

बरररर रोएर हेर्छिन् आकाशको किनारा।

रुँदै र रुँदै शरीर खिई,

आँसुकी सानो दाना झैं गई,

अँधेरी रातको चँदुवामाथि झल्किँदी सितारा।

डाँडा छन् टाढा, वनका काँढा फर्कने बाटोमा।

कसरी फिर्थिन् ती कोल्पू नदी साधारन माटोमा

त्रिशूलीलाई डाकेर रुन्छिन् पहाडको फाटोमा।।23।।