Kunjani


लख्नको घर गजूरीपिंडा झिँगटी छानाको,

झयालमा डण्डी, फलामका मण्डी, छेलो छ खानाकोs:

पच्चीस भैंसी दुहुना पस्छन्, आहाले तलाउमा,

छब्बीस गोरु खेत है जोत्छन् रुलीको बोलाउमाs:

पाकेका अम्बा छन् लटरम्म फलफूलको बगैंचा,

केराको गाछी, आँपको गाछी, ऊनको गलैंचा।

दूध र मही छेलो र खेलो, राजाको मान पाई,

लख्खन लेप्टेन बलियोमाको पहाडको कहलाई।।1।।