Kunjani


उचालिन् राम्रा बोल्लान् झैं आँखा रसिला उज्याला,

साउनका बादलमनिका जल झैं काला र उज्याला।

निदाउँदी रातकी कोयली प्रश्न मधुरो बोले झैं,

लहर यसो कोल्पूकी फर्की पहाडमा हेरे झैं।

निशाकी चरी, ती कठैबरी

आखिर नजर आशा थोरै राखी आँसुले भरे झैं।।2।।