Kunjani


पालुवा नरम लाली

दारिमको ओठमा हाली,

वसन्त रसले पाली कोल्पू बगैंचे

मिर्गका ज्यूँदा आँखा

अङ्ग छन् फुल्दा शाखा

बोलीमा कोइली लाखाँ --

सुनदाने तीरकी रानी

मिठासकी फुल्दी खानी

नानीमा परी पानी

राज गर्छिन् पहाड दरबार, मखमल गलैंचे।

मर्मर छोडी सुन्न सल्लौ कान भरौं न।।4।।