‹‹ ‹ › ››
नीला नरम औंठी झैं डाँडा, नेपाल खाल्डो हरियो सारीमा,बीचबीचमा नागबेली चुनरी फूलबुट्टे लहरे पारीमा।नेपाल डाँडा नीरका औंठी वसन्तको वनको बिहामा,जङ्गलको हरियो सास ढुक्कुरकण्ठ कुर्लनको राहामा।हावा झुल्ने लहरे पीङ पन्ना हरा बनेको पीरति,दिलदिल जुहारी कुर्लन, अप्सराका उज्याला मूरति।आँखा रुझी छाडेका गला वन रुँदी हँसिया हात परी,लामा घाँस चर्चर काटी हरिनकोसेआँखामा जल भरी।लहलह असारका हातमा रेशमबुट्टा धानका आँकुरा,झरझर माथि गाउने बादल तल गुँज्दा जुहारी टाकुरा।जौका रेशम पहेंला मुना रङ्गीचङ्गी पोशाकमा उठेर,दशैंदेवी डमरुसँग, तलमाथि डुलेकी उठेर।कम्मर भाँच्ने पहाडी गाना हाँगे हातले हावालाई फाएर,मोती दाने पल्लव मसिनो स्वरले चरा जितेर गाएर।।5।।