‹‹ ‹ › ››
चारकुने टुँडिखेल मैदान, हरियोले हिउँदलाई गिज्याउने,डबल लहर रूखमा बिजुली, झिलमिल गरी उज्यालो फैलाउने।सिँगारेका घण्टाको घर डब्बल भई जलमा परेर,दिनको घडी कास जिभ्रे स्वरले, पोखरीमा डुबेर गीत गाउने।मौरी कोठे लहर इस्कुल, पानी दरबार बनेर जलमा,परी शहरहरूका घर झैं नबुझिने स्वरमा गीत गाउने।हात्तीमाथि कसेको हौदा कल्कीलाई शहर घुमेर,झयाललाई सिँगारी भारी इन्द्रजात्रा देवलमा रङरङs: पहाडका फूलपरी फुलाउने।मदिसेको लगाई ताँती शिवरात्रि आकाशलाई थर्काउने,पहाडपहाड बोलाई सारा गुफागुफा पहरा गर्जाउने।जात्रा राम्रो टुँडिखेल बीच घोडा चढी कुदेको कटट,जितहारको लहरे सनसन लाल आँखा आवाजको घन्घन।बाइपङ्खे फिँजमुखे घोडा धर्ती थर्काइ कुलेलम् पटट,टाँगन, अरबी वैला र टट्टु बारलाई कस्तो नाघेको फटट।कुस्ती खेल्ने भीमसेनसँग गटिल मटिल सिंह झैं घनघोर,फटके नाघ्ने बलिया खण्ड फाउर शिकार, कुदेको कमजोर।घूँघूँभूँभूँ बिगुलको बाजा ढोलकहरू बजेका ढर्ढम्म,घोडा चढी कुदेको जात्रा, महाङ्कालका देवल थानसम्म।।6।।