Kunjani


फूलपाती लहरे बढाइँ चारकुने बन्दुकको लामवाला,

दशैंदेवी समरकी काली लाल जिभ्रे गर्जे झैं मेधवाला।

मुस्ले धूँवा घुमाउँदी फनफन काला केश झैं भुइँसम्म झारेर,

आँखाबाट तोप गोले ज्वाला बिजुली झैं झिलिक्क पारेर।

पहाडका जरालाई थरथर, घरघर थर्काइ घनन,

गौरीशङ्कर चुचुरासम्म शिवजीलाई आतस दी भनन।

गुलाफमुखे झर्नालु डाँडा, जहानजहान घरर थर्काई,

पश्चिम बोल्दा पूर्वलाई गर्जाई, अजङ् हिमाल संसार नै थर्काई।

प्याला उनको मदिरा प्याला झलझल काँप्दी रानीको पोखरी,

टोटा बन्दुकहरूको पाउजेब हात भरी जङ्जङ्गी खुकुरी।

दुश्मनलाई तर्साउने गर्जन, दम्का जाने पृथिवी छातीमा,

बूढा हाम्रा नीलकण्ठ आई थाम्नुपर्ने सुतेर दिनभरि।।7।।