Kunjani


कठैबरा कस्तो भो तिनलाई रङ्गबिरङ्गे गहना लाएर,

जस्तो होला पुतलीलाई जल्दो बत्ती नजिकै आएर।

पोशाक थियो बैंसको रिमझिम वसन्तको पुतली सिँगार,

तर सबै आगा भै पोल्थ्यो कलेजालाई पारेर अँगार।

राता, नीला, पहेंला ज्वाला बन्न गए रङ्गरङ्ग लुगाकाs:

आफू देख्थिन् चिताको मुर्दा, ज्वाला गलासम्मन् नै पुगेका।

आँसु आफ्ना बगेको खोला रुँदै रुँदै पहाड पारीमा,

त्यस खोला किनारमाथि आफ्नै दाह ज्वालामा सारीमा।।6।।