Kunjani


के रैछ हरे

के हुँला भरे

आफ्नू भन्ने हृदय नामको,

आफ्नै पनि नभई चोरिने

म रङ्ग लिन्नँ,

म दिल दिन्नँ,

भनी चोखो दिल बनूँ भन्दै,

करमले मलाई नदिने।

सक्तैनौ छोड्न

भँवरा जाति?

यो फूलको छाती चोखाको चोखै

ईश्वरलाई लगे अर्पिन?

अर्काकी भई,

गुमाई आफू,

म भन्नै पनि दिँदैनौ होलाउ?

के जात हरे अरूले हरिने।।12।।