Kunjani


पालुवाको कल्की लाऊँ

आकाशमा गुलाफ छाऊँ

सेतो दूबोमाथि कुल्ची

आधा उडी गाऊँ

बैंसको लेऊ झीनो धनु लहराको माला।

फूलको तीखो शरको चोसो, रगाऊँ पीर्ति ज्वाला,

नील घण्टीमा भरिदेऊ एकै घुट्को प्याला,

आज कसको दिलको शिकार बाण कहाँ जाला

पिरतीले रति जिते बाल वनका ज्वाला

मुरलीमुरली, खैखै मुरली

मुरली खै मेरो टिरलिर मुरली।।4।।