Kunjani


पहाडको दरबारमा वसन्त झिलमिल

दक्षिणको मसालाले वन छ सबै खिलखिल

लङ्कापारिबाट परी बतास पङ्खी आए

बादलका चाँदी भुवा सौगात भनी ल्याए

झुम्के चरम रङ्गीचङ्गी डोलीडोली धाए

साइपाटाका फूलका किश्ती सारा झिल्मिलाए।

कोपिला भै बेह्रिएको लगन खोली हेर

सुनका अक्षर सुनका कबूल पाइनेछन् धेर

आज कोल्पू सुनसुन झल्की लहरबेली चली

आज शीतल छहराले जुहार बोलीबोली।

मुरलीमुरली खैखै मुरली

मुरली खै मेरो टिरलिर मुरली।।5।।