Kunjani


खुकुरीको तीखो टुप्पो रूखरूखमा लाई

बोक्रा भरी तिनका नाउँ दिन्छु बुट्टाई।

दुख्ने छैन आज रूखलाई पिरतीको नाउँ

बिजोग भए मन ईश्वर आफ्नै छाती लाऊँ

वसन्तको मीठो बैंसमा मलयको हावा

छोडी प्राण मर्न पाए,

आजै दिनको गुलाफ जस्तो दुःखको केको दाबा?

फिरिरहुँला वरिपरि पयरको हावा

मुरलीमुरली खैखै मुरली

मुरली खै मेरो टिरलिर मुरली।

सुनसुन दाना टिपी कोल्पूतीरका साना

जिन्दगीलाई गीत बनाई,

गहनाले प्यारी तिम्लाई छाइदिउँला नाना

पिरतीले आज खाला फूलफूलका खाना

पहाड दरबार भरी भरी चरीकण्ठे गाना

बेली फूल झैं दिलदिल मिली दुइटा एकै बनी

पहाडका दुइटा जोडी

ढुक्कुर कुर्ली वनमा हामी जिउँला सधैं धनी

मुरलीमुरली खैखै मुरली

मुरली खै मेरो टिरलिर मुरली।।7।।