‹‹ ‹ › ››
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी।तिनैको त्यै लम्बा भ्रमणविधिमा त्राटक (कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो -- त्राटक) गरी बित्यो मेरो सारा तरुण वय ठाडै हरि हरि।।33।।