‹‹ ‹ › ››
जवानी उर्लेका हँसमुख ठिटीतुल्य सब ती नदी, नाला, झर्ना लिइकन बडो चञ्चल गति।घुमी नाच्दै कुद्दै अभयसित थाले छिहिलिन चले हाँस्तै हाँस्तै, जलधिसित भो मस्त मिलन।।12।।